त्रिविले आगामी बर्ष देखी दुवै भाषामा प्रश्नपत्र सोध्ने

सेयर गर्नुहोस्

३० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी बर्षदेखी स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको छ । उक्त बैठकले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने र क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा कार्यान्वन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय नबुझ्दा २९ जेठदेखि सुरु भएको ४ वर्षे स्नातक तह बीए चौथो वर्षका विद्यार्थीले सामाजिक सञ्जालमा अन्योल व्यक्त गरिरहेको त्रिविले प्रतिक्रिया दिएको छ । त्रिवि रजिष्ट्रार प्रा।डा। केदार रिजाल भन्छन् ‘अब यो वर्ष हुने स्नातक तहको पहिलो वर्षको परीक्षादेखि लागू हुने भनिएको हो । तर बुझाइ फरक पर्न जाँदा विद्यार्थी अलमलमा परेको देखिन्छ । परीक्षाको पहिलो दिन नेपाल अध्ययन विषयको परीक्षा भएको थियो । जुन विषयको प्रश्नपत्र त्रिविले अङ्ग्रेजीमा सोधेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *