बाबुराम भट्टराईलाई रबि लामिछानेको सुझाब : तपाई पढाउन तिर लाग्नुस्

सेयर गर्नुहोस्

३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पढाउनतिर लाग्न सुझाव दिएका छन् । रास्वपाले नेता उत्पादन गर्न लिडरसिप एकेडेमी सुरु गर्ने अवधारणा बनाएको भन्दै लामिछानेले त्यसमा पढाउन भट्टराईलाई प्रस्ताव गरेको बताए । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवशको कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले आफूले गरेको प्रस्ताव भट्टराईले अस्वीकार गरेको खुलाए ।

‘बरु पढाउनेतिर लाग्नुपर्‍यो, तपाईंले जेनेरेसनलाई आफूले जानेको सिकाउनतिर लाग्नुस् त्यहाँ चाहिँ राम्रो हुन्थ्यो कि भनेको थिएँ’, लामिछानेले भने, ‘डा. साबलाई के मन पथ्र्यो र राजनीतिक किरा भएको मान्छेलाई राजनीति भन्दा पर जाउ भनेको के मन पथ्र्यो र रु’ उनले भट्टराईको राजनीतिक निरन्तरताको प्रशंसा गर्दै त्यसलाई कायम राख्न सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *