कञ्चनपुरमा चरेससहित २ जना पक्राउ

सेयर गर्नुहोस्

३१ जेठ, कञ्चनपुर । कञ्चनपुरमा चरेससहित २ जना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–७ बाबाथानबाट सोही ठाउँका २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पुर्णा टोलको ५० वर्षीय गणेशसिंह साउद पक्राउ परेका हुन् ।

सुनारको साथबाट १५।३ ग्राम चरेस फेला पारी उनलाई सोधपुछ गर्दा साउदबाट खरिद गरेको खुलेपछि दुबै जनालाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कञ्चनपुरले प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *