महानगरपालिकाले गर्यो सिंहदरबारबाट ४ बालबालिकाको उद्धार

सेयर गर्नुहोस्

३१ जेठ, काठमाडौं । देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबार भित्रबाट काठमाडौँ महानगरपालिकाले ४ जना बालश्रमिक हरुको उद्धार गरेको छ । जहाँ अन्य नागरिकहरु नागरिकता सम्बन्धित निकायको अनुमति नलिई छिर्न समेत पाँउदैनन् । बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहका सचिवालय सदस्य धिरज जोशीले सिंहदरवारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताएका छन् । उनीहरुमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको स्थानबाट, १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट र अर्को १ जना बालकलाई उर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्रालयको क्यान्टिनबाट उद्धार गरिएको महानगरले बताएको छ। 

महानगर पालिकाले काठमाडौं महानगरभित्र हुने बाल शोषणलाई अन्त्य गर्नको लागि सिंहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकालाई उद्वार गरिरहेको छ । देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने प्रशासनिक क्षेत्रमा नागरिकता नबनेका कलिला बालबालिकाहरुहरुलाई काममा लगाएको पाइएको जानकारी पाएपछी महानगरको टोली अनुगमनको लागी सिंहदरबार पुगेको थियो । बालश्रम विरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताउदै बालबालिकाको हकलाई लिएर महानगरपालिका गम्भिर रहेको बताए ।

देशकै मुख्य प्रशासनिक कन्द्र जहाँ ठुला ठुला मन्त्रिदेखी कर्मचारीहरु समेतको कार्यलयमा यस्तो किसिमको अवस्था देखिनु एकदमै दुखको कुरा हो । देशभित्र रहेको सम्पुर्ण प्रकारका बालश्रमलाई रोक्दै बालमैत्री राष्ट बनाउनुपर्छ भन्दै बिभिन्न अभियान सञ्चालन गरिरहेको नेपाल सरकार आफ्नै मुख्य प्रशासनिक केन्द्रमा समेत यस्ता किसिमका बालश्रम भईरहँदा यसले आम नागरिकहरुमा कस्तो सन्देश जान्छ होला रु यो भने चासोको बिषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *