काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर गर्नुहोस्

३१ जेठ, काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौरीदेउराली गाउँपलिका-८ बिर्ता देउराली स्वास्थ्य चौकी नजिकै मोडमा भित्री बाटोबाट मध्य पहाडी लोकमार्ग निस्कँदै गरेको बागमती प्रदेश ०२-०३० प ३२६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भइ मोटरसाइकल दुर्घटना भएको थियो ।  

घाइतेलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा बुधबार राति १० बजे अस्पतालले मृत घोषण गरेको काभ्रे प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका-९ बस्ने २५ वर्षीय सुमनकुमार लामा रहेको काभ्रे प्रहरीका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *