संसदमा उठेका बिषयहरुमा जवाफ दिन सरकारलाई सभामुखको ध्यानाकर्षण

सेयर गर्नुहोस्

३२ जेठ, काठमाडौं । प्रतिनिधि सभाको संसदमा शुन्य समय, विशेष समयमा सांसदहरुले उठाएका विषयमा सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको बैठकमा सभामुख घिमिरेले संसदमा शुन्य समय, विषय समयमा सांसदहरुले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संसदको बैठकमा सांसदहरुले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरुले गुनासो गरे पछि सभामुखले सरकारलाई ध्यानाकर्षण गरेका छन् । आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण संसदले थाहा नपाएको बताउदै प्रधानमन्त्री संसदमा उपस्थित भएर जानकारी दिन माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *