पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते

सेयर गर्नुहोस्

२ असार, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न । आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किंदै गरेको बा १५ छ ५९४ नम्बरको स्कार्पियो निस्दी-४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । घाइतेहरूको अवस्था मध्यम रहेको छ । जीप सडकको बाँयातिरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *