कांग्रेसले आगामी निर्वाचनमा कुनै राजनीतिक दलसंग गठबन्धन गर्दैन : विश्वप्रकाश शर्मा

सेयर गर्नुहोस्

२ असार, भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै राजनीतिक दलसँग गठबन्धन नगर्ने दाबी गरेका छन्। भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताए। 

उनले भने, ‘गठबन्धनको अनुभव पार्टीलाई भएको छ। अब त्यतातिर नलाग्ने पार्टी नेतृत्वको अनौपचारिक निर्णय छ। उनले आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *