पुल बनाउन खनेको खाल्डोमा खसेर बालकको मृत्यु

सेयर गर्नुहोस्

२ असार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । बरपौवाका ९ वर्षीय गणेश विक शनिबार साँझ खाल्डोमा खसेका थिए । उनको शव आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो । सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट खटिएको गोताखोर सहितको टोलीले बालकको शव करिब २० फिट गहिराइबाट निकालेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *