जावलाखेलमा अर्धचेत अवस्थामा भेटिएका दम्पतीको मृत्यु

सेयर गर्नुहोस्

२ असार, काठमाडौं । ललितपुरको जावलाखेलमा अर्धचेत अवस्थामा भेटिएका दम्पतीको मृत्यु भएको छ। स्थायी घर सिन्धुपाल्चोक भई हाल ललितुरको जावलाखेल बस्दै आईरहेका २५ वर्षीय उमेस सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको हो। 

उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका थिए। उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो, तर, ९ः२७ मै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *