प्रोत्साहन भत्ता माग्दै संघीय संसद सचिवालयका कर्मचारीहरू आन्दोलनमा

सेयर गर्नुहोस्

४ जेठ, काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरू अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै संसद परिसरमै धर्ना दिएका छन् । ११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् । संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ । नेकपा एमालेका सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए । अतिरिक्त समय काम गर्दा भत्ता नपाउने भन्ने विषय सम्बोधन गरिनुपर्ने उनले बताए । ‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र रु’ उनले प्रश्न गरे । नियम अनुसार भत्ता दिन उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *