फ्रान्स । जारी युरोकपमा फ्रान्सको प्रमुख खेलाडी किलीयन एम्बाप्पे घाईते भएका छन् । खेल खेल्ने क्रममा उनको नाक भाँचिएको छ । मैदानमा रगताम्य देखिएका एम्बाप्पेको नाक भाँचिएको फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले जानकारी दिएका छन् ।
रिपोर्टका अनुसार एम्बाप्पेले भाँचिएको नाकको अहिले सर्जरी नगर्ने र अब समुह चरणका बाँकी दुई खेल बारे के गर्ने भन्ने निर्णय छिटै लिने बताइएको छ । – एजेन्सी