छाउगोठमा बसेकी एक किशोरी बलात्कृत, एकजना पक्राउ

सेयर गर्नुहोस्

५ असार, धनगढी । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । मंगलबार बेहोस् अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए ।

उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए । उनकाअनुसार पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *