आफूले भने अनुसार बजेट निर्माण नगर्ने मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन सक्नुपर्छ : प्रभु साह

सेयर गर्नुहोस्

४ असार, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफूले भने अनुसार बजेट निर्माण नगर्ने मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन सक्नुपर्ने बताएका छन् अन्यथा, स्वयं प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्ने उनले बताए । आगामी आर्थिक बर्षको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रतिवद्धता अनुरुपको योजना र रकम विनियोजन नदेखिएको बताएका छन् ।

उनले भनेका छन् ‘आफूले भनेको चलेको छैन भने कुन मोरलले बस्नुहुन्छ रु चलेको छ भने कसरी उल्लंघन भयो । यदि कुनै मन्त्रीले तपाईंले भनेको मान्नुभएन भने बर्खास्त गर्ने हैसियत राख्नुस् । यदि आफ्नै कुरामा टिक्नुभएको छैन भने तपाईं पनि त्यहाँ बस्न मिल्छ जस्तो लाग्दैन’, उनले भने । बजेट पहुँचवाला नेता र मन्त्रीको क्षेत्रमा मात्रै पर्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *