पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउनु पर्छ : धनराज गुरुङ

सेयर गर्नुहोस्

५ असार, काठमाडौं। नेपाली कांग्रेसका उपसभापति  एबम् प्रतिनिधिसभा सदस्य सांसद धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेका हुन् । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको जिकिर थियो ।

उनले ती नोटहरु प्रतिबन्ध गरेमा मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे । उनले अवैध रुपमा राखिएका धनराशी पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *