छाउगोठमा बसेकी बालिकामाथी सामुहिक बलत्कार

सेयर गर्नुहोस्

अछाममा छाउगोठमा बसेकी १६ वर्षीय बालिका माथि सामुहिक बलात्कार भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरी सोमबार राति सामूहिक बलात्कृत भएको हो । मंगलबार बेहोस् अवस्थामा भेटिएकी बालिका माथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकका अनुसार किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको थियो । उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् । अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि ३÷४ जनाले बलात्कार गरेको बताएकी थिइन । उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्ने र किशोरीका नातेदार समेत रहेका प्रहरीले जनाएको छ । उनी ११ वर्षदेखि मामाघरमै बस्दै अध्ययन गरीरहेकी थिइन् । अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो।

दुर्गममा अझै पनि छाउपडी पर्था व्याप्त छ । महिनाबारी हुँदा घर आगन छुइन्छ देबी देउता रिसाउन्छन् भन्ने अन्धबिश्वास अझै जरो गाडेर बसिरहेको छ । परपरादाती चिन्तनका कारण शिक्षित बर्गहरु भनिने मानिसहरु पनि यसबाट मुक्त हुन सकेक छैनन् । यहीँ अन्धबिश्वासक कारण कयौं किशोरी तथा महिलाहरुको ज्यान जोखिममा हुने गरेको छ। छाउगोठमै निसास्सिएर, सर्पले टोकेर तथा बलात्कारको सिकार हुने गरेका छन् ।

बिशेश गरी सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले महिनावारी र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ। यसका कारण अलग्गै बसेको समयमा महिलाहरूमा पटक(पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *