संघीय संसद सचिवालयका कर्मचारीको माग अविलम्व समाधान हुनुपर्छ : अध्यक्ष ओली

सेयर गर्नुहोस्

९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताबाट अविलम्व सकारात्मक निष्कर्ष साथ समाधान गर्नुपर्ने बताए । संघीय संसद सचिवालयका कर्मचारी केही दिनयता सेवा सुविधाको मागसहित आन्दोलनमा छन् । उनीहरूले ११ बुँदे माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *