२ करोड लुटपाटको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

सेयर गर्नुहोस्

११ असार, काठमाडौं । २ करोड लुटपाटको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गरेको आरोपमा ४ जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

भक्तपुरको ददिकोटका डिल्लीराज राउतको घरमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरासहित ५ जनाले सीआईबीको टोली भन्दै प्रवेश गरेर दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेको बताइएको छ । उक्त घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको पाइएको छ । घटनामा संलग्न एक जना भने अझै फरार रहेका छन् । प्रहरी हवल्दार बोहरा महाराजगञ्ज २ नम्बर गणमा कार्यरत थिए । उनलाई पनि पक्राउ गरेर हिरासतमा राखिएको छ । त्यसैगरी, उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा सुजन रसाइली, भीमबहादुर तामाङ, मुनाराज राई रहेका छन् । प्रहरी हबल्दार बोहरा र तामाङ सिन्धुपाल्चोक भोटेकोशीका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *