ललितपुरमा अरिंगालले टोक्दा एक जनाको मृत्यु

सेयर गर्नुहोस्

११ असार, काठमाडौं। ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरी छन् । कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा चौधरीलाई ८ असार दिउँसो साढे ५ बजेतिर अरिंगालले टोकेको थियो ।

अरिंगालको टोकाइबाट घाइते भएका चौधरीलाई उनका दाइ हरिनारायणले उपचारका लागि काठमाडौंको मोडल अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा आज मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *