केदार कार्कीले दायर गरेको कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज

सेयर गर्नुहोस्

११ असार, काटमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ। मंगलबार न्यायाधीशहरू नकुल सुवेदी, कुमार रेग्मी र अब्दुल अजिज मुसलमान सम्मिलित पूर्ण इजलासले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको हो।

कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई २६ वशाखमा स्वत पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाखमा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। नयाँ सरकार गठनका विरुद्ध २७ बैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *