एमाले र रास्वपा लाई आफ्ना अध्यक्षलाई कसरी जोगाउने भन्ने मात्र चिन्ता छ : बिश्वप्रकाश शर्मा

सेयर गर्नुहोस्

१२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो सभापति रवि लामिछानेलाई सहकारी ठगीबाट जोगाउने चिन्तामात्रै रहेको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनमा मंगलबार बोल्दै उनले भने, ‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने, कारबाहीबाट जोगाउने । एउटा दलको चिन्ता त्यतिमात्रै छ । 

नेकपा एमालेलाई परेको चिन्तामा गिरीबन्धु टी–इस्टेटबाट अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउनुमा रहेको शर्माले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार जोगाउने संख्याको चिन्तामात्रै रहेको शर्माले बताए । ‘प्रधानमन्त्रीको पद शानदार पद हो । शानदार मात्रै होइन दमदार पद पनि हो, भन्ने कुरालाई प्रधानमन्त्रीले बिर्सिनुभएको छ,’ शर्माले भने । प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्ने अवस्थामा समेत नरहेको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *