मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको बफादारी पहिलो एपिसोडबाटै ध्वस्त बनाईदिए : सुरजसिंह ठकुरी

सेयर गर्नुहोस्

१२ असार, काठमाडौं । टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले आफूले ब्रान्ड बनाएको शोलाई अर्को होस्ट आएर पहिलो एपिसोडबाटै विवादित बनाइदिएपछि सुरजले आफूलाई नराम्रो लागेको बताएका छन् । आफ्नो वर्षौंको मेहेनत एकैपटकमा नष्ट भएको उनको गुनासो छ । सुरजले आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै लेखेका छन,‘म यतिमात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो बफादारी ध्वस्त भएको छ । टिभी फेसको रूपमा, म एकदमै दुस्खी छु र म यो सामग्रीको हिस्सा बन्न चाहन्न ।’

उनले आफू अहिले उक्त शोमा आबद्ध नरहेको समेत स्पष्ट पारेका छन् । ‘तपाईंहरू सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु । तपाईंहरूको प्रोत्साहन नै मेरो करियरमा एक प्रमुख शक्ति हो,’उनी जोड्छन्,‘कार्यक्रमप्रति सबैको चासो देखेँ । यो भएकोमा मलाई खेद छ । योसँगै म यो प्रष्ट पार्न चाहन्छु कि म अब त्यो कार्यक्रममा संलग्न छैन र यी घटनाहरूमा मेरो कुनै भूमिका पनि छैन । म अब ‘ईट्स माई शो’ सँग कुनै रूपमा आवद्ध छैन, न त होस्टको रूपमा न त प्रमुख कार्यकारी निर्माताकै रूपमा । उनले आफ्नो स्पष्टीकरणसँगै आउने दिनहरूमा आफूलाई दर्शकको साथ रहिरहने विश्वास जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *