प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

सेयर गर्नुहोस्

१६ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको स्रोतले बतायो ।  उनीहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल पनि भएको स्रोतले बतायो । एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *