पहिरोले पुरिंदा पाँच वर्षीय बालकको मृत्यु

सेयर गर्नुहोस्

१७ असार, सुर्खेत । भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए । प्रिन्सको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक विष्टले बताए । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *