राप्रपाको पदाधिकारी बैठक बस्दै

सेयर गर्नुहोस्

१८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि पदाधिकारी बैठक बोलाएको छ । सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । परिवर्तित राजनीतिबारे धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको उनको भनाइ छ । सोमबार मध्यरातमा कांग्रेस(एमालेबीच गठबन्धनको सहमति भएपछि अरु दलहरूले पनि छलफलमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *