प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त

सेयर गर्नुहोस्

१८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन् । सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए । प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेय प्रतिनिधि सभाको महासचिव भएपछि सचिव पद रिक्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *