असार २८ गतेसम्म सबै मन्त्रालयको भागबण्डाको बिषय टुंगो लागिसक्छ : प्रमुख सचेतक बर्तौला

सेयर गर्नुहोस्

२३ असार, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठन संगै असार २८ गतेसम्म सबै मन्त्रालयको भागबण्डाको बिषय टुंगो लाग्ने बताएका छन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरू कुरा गर्ने क्रममा उनले काँग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबन्डाको विषय भने टुंगोमा पुगिनसकेको बताए ।

उनले कांग्रेससँग प्रारम्भिक छलफल भए पनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले काँग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डामा टुंगो लगाउने बताए । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुंगो लगाउने गरी काँग्रेस सहितका दलहरूसँग छलफल हुने बताए । प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबन्डाको विषय टुंगिन केही समय लाग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *