कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

सेयर गर्नुहोस्

२४ असार, धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको बताए । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको एसपी जोशीले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *