सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन कांग्रेस र एमालेको माग

सेयर गर्नुहोस्

२४ असार, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन कांग्रेस र एमालेले माग गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै काग्रेस संसदीय दल र एमाले संसदीय दलले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् । केन्द्रमा भएको समीकरण परिवर्तनसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको र सोडारी सरकार कामचलाउ भइसकेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिइएको छ ।

‘मुख्यमन्त्री पदबाट राजीनामा दिई अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गर्न यसै प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौं’, कांग्रेसस संसदीय दलका नेता कमल शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्य सम्पादन नगर्न र नगराउनसमेत आग्रह गर्दछौं । एमाले, माओवादी, र नाउपा रञ्जिता पक्षको समर्थनमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता सोडारी असार २० गते एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *