नक्कली भुटानी शरणार्थी प्रकरणका बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचियो : स्वर्णिम वाग्ले

सेयर गर्नुहोस्

२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन् । ‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनुलाई नेपाली जनताले चासोको रूपमा हेरेका छन्,’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने । रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरूले पनि बेचन झा पक्राउ परेपछि सरकार ढलेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *