सहकारी प्रकरणमा पीडितहरुसंग छलफल गर्दै संसदीय छानबिन समिति

सेयर गर्नुहोस्

२६ असार, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज सहकारी पीडितहरूसँग छलफल गरिरहेको छ । सिंहदरबारमा जारी छलफलमा समस्याग्रस्त सहकारीबाट पीडित भएका बचतकर्ता तथा सदस्यलगायत उपस्थित छ । सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याबारे उनीहरूसँग प्रत्यक्ष जानकारी लिइएको समिति सभापति सूर्य थापाले बताए । ३२ जना सहभागी छलफलमा सहकारी पीडितका नाममा गठित विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्ति छन् । तथ्य प्रमाणसम्म पुग्न पीडितहरुको सुझाव महत्वपूर्ण हुने समितिले विश्वास लिएको थापाले बताए ।

हिजोमात्र छानबिन समितिले पूर्वदेखि वर्तमान रजिष्ट्रारसाग सामूहिक छलफल गरेको थियो । केही दिनअघि सीआईबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, आईजीपी र गृहमन्त्रालयका सचिवसँग सहकारीबाट भएको ठगी र रकम अपचलनसम्बन्धमा परेका उजुरी र अनुसन्धानको प्रक्रियाबारे जानकारी लिइसकिएको छ । त्यस्तै समस्याग्रस्त सहकारीका सञ्चालकसँग पनि समितिले छलफल गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *