गायक अनिलको स्वरमा “उधारो चुम्बन” सार्वजनिक (भिडिओ)

सेयर गर्नुहोस्

२७ असार, काठमाडौं । गायक अनिल राज पाण्डेको स्वरमा “उधारो चुम्बन” बोलको गीत सार्वजनिक भएको छ । दिवाकर खनालको शब्द र संगीतमा बनेको गीतलाई शशी बिक्रम थापाले म्युजिक एरेन्ज गरेका छन् भने मिक्सिङ महेश्वर राज भण्डारीको रहेको छ । गीतको भोकल मिक्सिङ शशांक सापकोटाले गरेका छन् ।

बुधबार सार्वजनिक गीतमा गायकले लजालु प्रेमिकालाई नलजाउन आग्रह गर्दै फकाइरहेको म्युजिक भिडिओमा देख्न सकिन्छ । म्युजिक भिडिओलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडिओमा गायक स्वयं अनिल राज पाण्डेसहित मोडल गीता ढुंगानाको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *