मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विद्यालयहरूलाई काबाही गर्न नेविसंघको माग

सेयर गर्नुहोस्

२७ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन जारी गर्न माग गरेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई पत्र लेखेर नेविसंघले मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विद्यालयहरूलाई काबाही गर्न समेत माग गरेको छ ।  

संघका प्रवक्ता ल नेतृत्वको टोलीले समिति सभापति थापा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेलाई ९ बुँदे ज्ञापनपत्र बुधबार बुझाएको हो । शिक्षा ऐन, नियमावली, निर्देशिका र मापदण्डमा भएको शुल्क सम्बन्धी व्यवस्थाको प्रतिकूल हुने गरी रकम उठाउने विद्यालयलाई कारबाही गर्न संघले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *