राप्रपाले प्रधानमन्त्रीलाई बिश्वासको मत नदिने

सेयर गर्नुहोस्

२७ असार,काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । संसदीय दलमा सबैजसो सांसदहरु विश्वासको मत नदिने पक्षमा रहेका छन् । एमाले र माओवादीको गठवन्धन सरकार हुँदा राप्रपा प्रतिपक्षमा थियो । 

पछिल्लो समय कांग्रेससँग नजिएको राप्रपाले अहिले कांग्रेस–एमालेको नयाँ गठवन्धनमा सामेल हुने नहुने निर्णय लिइसकेको छैन । राप्रपालाई एमाले–कांग्रेस गठवन्धनमा सामेल हुन निम्ता आइसकेको छ । तर, यस विषयमा पार्टी नेताहरु विचाराधीन अवस्थामा छन् । यदि आफ्ना केही एजेण्डा पनि संवोधन हुने गरी संविधान संसोधन गर्न नयाँ गठवन्धन तयार भएमा सरकारमा जान पार्टी नेतृत्व लचिलो बनेको छ । यद्यपि केही नेताहरू भने कुनै पनि शर्तमा सरकारमा सामेल हुनु नहुने र सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *