बारामा बस दुर्घटना हँदा १३ घाइते, दुईको अवस्था गम्भिर

सेयर गर्नुहोस्

२७ असार, बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। मलंगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना४ ख ७१९४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका १३ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। ३१ जना यात्रु सवार सो बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल नं। ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार कार्यमा जुटेको थियो। गम्भीर घाइते २ जनालाई तत्कालै उपचारका लागि सशस्त्र प्रहरीको गाडी र अन्य घाइतेहरूलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *