कांग्रेसले माग्यो बागमतीका मुख्यमन्त्री जम्कटेलको राजिनामा

सेयर गर्नुहोस्

२७ असार, काठमाडौं । नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा माग गरेको छ । बागमती प्रदेश सभाको पहिलो दल कांग्रेसले बिहीबार विज्ञप्ति निकालेर मुख्यमन्त्री जम्कट्टेलको राजीनामा माग गरेको हो । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएको र समर्थन फिर्ता लिएकाले सरकार अल्पमतमा परेको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको र कामचलाउ अवस्थामा पुगेको कांग्रेसले जनाएको छ । कामचलाउ सरकारले महत्वपूर्ण निर्णय गर्न उपयुक्त नहुने लामाले विज्ञप्तिमा लेखेका छन् । राजनीतिलाई सहज रुपमा अघि बढाउन र सहमतीय सरकार गठन गर्न मार्ग प्रशस्त गरिदिन कांग्रेसले आग्रह गरेको छ । १७ असारमा कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार बामगती सरकारको नेतृत्व कांग्रेसले गर्नेछ । अहिले माओवादी केन्द्रका नेता जम्कट्टेलले सरकारको नेतृत्व गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *