प्रधानमन्त्रीलाई बिश्वासको मत दिन रास्वपाको ह्वीप जारी

सेयर गर्नुहोस्

२८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । रास्वपाको शुक्रबार विहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । राजनीतिक इमान्दारिताका लागि रास्वपाले विश्वासको मत दिने निर्णय गरिएको उनले बताए । निर्णय भएसँगै रास्वपाले प्रचण्डलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले पाँचौपटक आज विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *