सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा वर्तमान सरकार ढाल्ने काम भयो : रबि लामिछाने

सेयर गर्नुहोस्

२८ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् । संसद बैठकमा बोल्दै लामिछानेले आफूहरु चेकलिस्टसहित आएको तर कसैले त्यसलाई फेकलिस्ट भनेको गुनासो । आफूहरू सन्तुष्ट नभए पनि तीन-चार महिनामा जनताको पक्षमा इमान्दार भएर काम गरेको उनको दाबी छ ।

उनले भनेका छन् , ‘यही सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो खोइ फाइल खोलेको ? फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने ? सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर ढाँट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो । बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको कुनै कारण जनतालाई थाहा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *