नेकपा एमालेले टुंग्यायो मन्त्री

सेयर गर्नुहोस्

३१ असार, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् । एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् ।

पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ । स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् । त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् । एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् । उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *