संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै

सेयर गर्नुहोस्

३१ असार, काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ । त्यस्तै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकको सम्भवित कार्यसूचि सार्वजनिक भएको छैन ।

मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसूचिका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ । सोही अनुसार आजको बैठकका लागि कार्यसूचि तय गरिने संसद सचिवालयले जनाएको छ । सरकार परिवर्तनको असरस्वरुप यसअघि लगातार दुई पटक बैठकको मिति परिवर्तन गरेर नयाँ तय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *