शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव

सेयर गर्नुहोस्

२ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी छन् । बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शिक्षकको मनोबल बढाउन खाजा भत्ताको व्यवस्था गर्नु उचित हुने धारणा राखेकी हुन् । विद्यालय शिक्षा विधेयकमाथि छलफलका लागि बसेको समिति बैठकमा उनले भनिन्, ‘शिक्षकलाई मासिक दुई हजार खाजा भत्ता दिन सकिए राम्रो हुन्छ । उनले विगतमा शिक्षकहरुसँग भएको सहमति समेट्ने गरी विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *