ढुंगाले हानेर १८ वर्षीय छोराले गरे ४३ वर्षीय बुबाको हत्या

सेयर गर्नुहोस्

३ साउन, काठमाडौं । नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कावासोती- ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले आज बिहान आफ्नै बुबा ४३ वर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् । घरअगाडि रहेको नालीनजिक बसेका बाबुमाथि छोराले ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शव अहिले घटनास्थलमै छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *