सत्तारुढ दलहरूको मुख्य सचेतकमा महेश बर्तौला नियुक्त

सेयर गर्नुहोस्

२ असार, काठमाडौं । सत्तारुढ दलहरूको मुख्य सचेतकमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार सत्तारूढ दलहरू मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको हो ।

मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने संसदीय व्यवस्था छ । बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर काम गरिसकेका छन् । उनी मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *