भरतपुरको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर बिरामीको मृत्यु

सेयर गर्नुहोस्

३ साउन, चितवन । भरतपुरको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक बिरामीको मृत्यु भएको छ । हुप्सीकोट गाउँपालिका – २, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर आज साढे ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएकोमा सोही अस्पतालमा मृत्यु भएको हो । गर बुधबार पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए । 

उनी आज बिहान १० बजेर ४० बजे अस्पतालको झ्यालबाट खसेका थिए । डीएसपी रिजालका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको जानकारी आएको थियो । उनले बाँकी विषयमा भने प्रहरीको अनुसन्धान भइरहेको जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *