३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड देखिएको छ । सामाजिक सन्जालमा ‘म बिराम परे’ भनेर लेखेका बाइडेनलाई कोभिड भएको बीबीसीले उल्लेख गरेको छ । बाइडेनका प्रेस सचिव करिन जिन पिअरेले बाइडेनलाई कोभिड भएको र लक्षण देखिएको उल्लेख गरेका छन् । बाइडेनलाई कोभिड पुष्टि हुनु अगाडि डेमोक्रेटिक पार्टीका नेताहरुले भेट गरेका थिए ।