कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

सेयर गर्नुहोस्

११ साउन, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो । प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । १७ असारमा केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको थिएन। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताएपछि आज राजीनामा बुझाएका हुन् । माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *