गोरखामा पहिरो जाँदा ५ जना बेपत्ता

सेयर गर्नुहोस्

१३ साउन, काठमाडौँ  । गोरखाको धार्चे गाउँपालिका– ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। घटनामा २ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज बिहान करिब तीन बजेतिर पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा जीत बहादुर गुरुङ, कान्छी गुरुङ, सुलाल गुरुङ, रमेश गुरुङ र ट्रयाक्टर चालक रमेश परियार छन् । ८ जनाले भने भागेर ज्यान जोगाएका थिए । पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका छन् । बेपत्ताहरूको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *