महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता

सेयर गर्नुहोस्

१३ साउन, काठमाडौं । धनगढी– महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी हुन् । शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा ती किशोरी हाम फालेकी थिइन् ।

दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ । महाकालीको किनारको पिल्लर समातेर उभिरहेकी किशोरी आफू नजिक उद्धारका लागि सुरक्षाकर्मी पुगेपछि महाकालीमा हाम फलेको भिडियोमा देख्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *