रास्वपाले गरेको कारबाही अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्बाचन आयोगमा उजुरी

सेयर गर्नुहोस्

१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफैं आधिकारिक महामन्त्री रहेको दाबीसहित निर्वाचन आयोग गुहारेका छन् । २५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरेर साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको थियो । आइतबार निर्वाचन आयोगमा निवेदन दिँदै ढकालले आफूलाई रास्वपाले कारबाही गर्न नसक्ने जिकिर गरेका हुन् ।

‘मैले पदमुक्त भएको पत्र आजसम्म पार्टीबाट प्राप्त गरेको छैन’, निवेदनमा उनले भनेका छन्, ‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने अवैधानिक हो । त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३ दिनभित्र अद्यावधिक गर्न आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्न मागसहित यो पत्र माननीयज्यूसामु पेश गरेको छु । 

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय गरेको थियो । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालले जिकिर गरेका छन् । तर पार्टीले कारबाही गरेपछि ढकालले सञ्चारमाध्यममा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र डा। स्वर्णिव वाग्लेविरुद्ध तिखा र गम्भीर टिप्पणी गरेका छन् । त्यसले पार्टीमा उनको पुनरागमन करिब समाप्त भएको चर्चाबीच आयोगमा निवेदन परेको हो ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *