पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सेयर गर्नुहोस्

१७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टी बैठक नराख्ने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवासमा बालुवाटारमा कुनै पनि पार्टीको बैठक नराख्ने बताएका हुन् । सामाजिक सञ्जालबाट प्राप्त सुझाव अनुसार आज सचिवालय बैठक पनि बालुवाटारमा नबस्ने उनको भनाई छ । मनोहरा खोलामा आएको बाढीको डुबानले पार्टी कार्यालयमा बैठक बस्न नसक्ने भएका कारण यो पटक बैठक अन्यत्र राखिएको उनको भनाई छ । उनले अगामी दिनमा सुझाव दिन आग्रह गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *